२०८२ जेठ १, बुधवार , १०:२३:३० बजे

Sajhamanch
'

दक्षिण कोरियामा पढ्नलाई एनओसी बन्द

बुधवार, जेठ १, २०८२

काठमाडौं । सरकारले दक्षिण कोरियामा वैदेशिक अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ ।

दक्षिण कोरियाको कालोसूचीमा रहेका विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनका लागि पुग्ने गरेको तथ्य सार्वजनिक भएपछि सरकारले दुई महिनाका लागि एनओसी स्थगित गरेको हो ।

अध्ययन गर्न जाने विद्यार्थीको नियमन गर्नुपर्ने अवस्था देखिएको शिक्षा मन्त्रालयले हिजो निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको पनि जनाएको छ ।

कोरियामा विद्यार्थी पठाउने बारेमा नियमन र व्यवस्थित गर्न कार्यदल गठन गरिएको र कार्यदलको सिफारिशका आधारमा थप निर्णय गर्ने गरी अहिलेलाई एनओसी रोकिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरिया धेरै नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानेमध्ये १० औं देशभित्र पर्छ । गएको आर्थिक वर्ष ६ हजार ८८९ जनाले दक्षिण कोरियाका लागि एनओसी लिएका शिक्षा मन्त्रालयको तथ्याङ्क छ ।

सम्बन्धित खबर