
झापा । अमेरिका र चीनले एकअर्काको देशबाट हुने आयातमा लगाएको भन्सार शुल्कमध्ये ११५ प्रतिशत घटाउने भएका छन् ।
अहिले अमेरिकाले चीनबाट आयात हुने वस्तुमा १४५ प्रतिशत र चीनले अमेरिकाबाट आयात हुने वस्तुमा १२५ प्रतिशत भन्सार शुल्क लगाएका छन् ।
अब अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत शुल्क लिने सहमति गरेका अमेरिकाका वित्त सचिव स्कट बेसेन्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो सम्झौता ९० दिनका लागि रहने छ । त्यसबीचमा थप वार्ता र सहमति गर्ने अमेरिकी अर्थमन्त्री बेसेन्टले बताएका छन् ।
स्विट्जरल्यान्डको जेनेभामा दुई दिन भएको वार्तापछि व्यापार सम्झौता भएको हो । सम्झौतापछि अमेरिकी अधिकारीहरूले महत्त्वपूर्ण उपलब्ध हासिल भएको झन्दै खुशी व्यक्त गरेका छन् ।
वार्तामा चीनका उपप्रधानमन्त्री र दुई उपमन्त्रीहरू तथा अमेरिकाको तर्फबाट वित्त सचिव स्कट बेसेन्ट र राजदूत जेमिसन ग्रिर सहभागी हुनुहुन्थ्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरेपछि बढेको अमेरिका–चीन व्यापार युद्ध समाधान हुँदै गएको छ ।