२०८२ वैशाख २९, सोमवार , १०:२१:२४ बजे

Sajhamanch
'

ताप्लेजुङबाट धनकुटा जाँदै गरेको सोमु गाडी दुर्घटना, आठ जना घाइते

सोमवार, वैशाख २९, २०८२

झापा । धनकुटामा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

गएराति १० बजेतिर धनकुटा साँगुरीगढी गाउँपालिका वडा नम्बर ३ कुसेटारस्थित तमोर करिडोर सडकखण्डमा ताप्लेजुङबाट धनकुटातर्फ आउदै गरेको मे. १ ज २६५५ नम्बरको टाटा सुमो अनियन्त्रीत भई कल्भर्टबाट अन्दाजी १० फिट तल खसेर दुर्घटना भएको हो ।

घाइतेहरुको विवरण यसप्रकार रहेको छः

१. चितवन भरतपुर न.पा ११ बस्ने वर्ष ४५ की नमकला फुयलको ,बाहिरी चोट नदेखिएको ,अवस्था मध्यम रहेको ।

२. ऐ.ऐ.बस्ने अन्दाजी वर्ष ४७ का जयेश्वर पोखरेल, बाहिरी चोट नदेखिएको ,अवस्था मध्यम रहेको ।

३. ऐ.ऐ बस्ने वर्ष अन्दाजी वर्ष ३८ की इसु पंगेनी,बाहिरी चोट नदेखिएको ,अवस्था मध्यम रहेको ।

४. ऐ.ऐ बस्ने वर्ष अन्दाजी वर्ष २२ की निकिता फुयल, बाहिरी चोट नदेखिएको ,अवस्था सामान्य रहेको ।

५. ऐ.ऐ बस्ने जयेश्वर पोखरेलका छोरा अन्दाजी वर्ष १६ का शिरिष पोखरेल,बाहिरी चोट नदेखिएको ,अवस्था सामान्य रहेको ।

६. ऐ.ऐ बस्ने वर्ष ४६ की सावित्री अधिकारी,बाहिरी चोट नदेखिएको ,अवस्था सामान्य रहेको ।

७. ऐ.ऐ.बस्ने वर्ष अन्दाजी ५२ की दिप चन्द्र घिमिरे,बाहिरी चोट नदेखिएको ,अवस्था सामान्य रहेको ।

८. ऐ.ऐ बस्ने वर्ष अन्दाजि ४५ को नवराज फुयल, बाहिरी चोट नदेखिएको ,अवस्था मध्यम रहेको । घाइतेहरुलाई उपचारको लागि विपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर