
झापा । कङ्गोको पूर्वी क्षेत्रमा बाढीका कारण १०० जनाभन्दा धेरैको ज्यान गएको छ । कम्तिमा २८ जना घाइते भएका र झन्डै १५० वटा घर भत्किएका छन् ।
बिहीवार र शुक्रवारको मुसलधारे वर्षापछिको बाढीका कारण सुद किवु प्रान्तको कसाबा गाउँमा आएको बाढीले मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको कङ्गोको विपद् निकायलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
मुसलधारे वर्षाका कारण कासाबा नदीले खाली ठाउँमा रहेका ढुङ्गा, ठूला रूख र माटो बगाएरको थियो । खोला नै थुनिएर ताल बनेको नदी किनारामा रहेका घरहरू भत्किएका छन् । ज्यान गुमाउनेहरुमा धेरैजसो बालबालिका र वृद्धवृद्धा रहेका छन् ।
स्थानीय बासिन्दाले एक सय १९ जनाको शव भेटिएको जानकारी दिएका खबरमा उल्लेख छ । क्षेत्रीय प्रशासक सामी कालोन्जीले बाढीका कारण व्यापक मानवीय र भौतिक क्षति भएको बताएक छन् । कङ्गोमा सन् २०२३ मा दक्षिण किवु प्रान्तको किवु तालको किनारमा बाढीबाट झण्डै ४०० जनाको ज्यान गएको थियो ।