२०८२ वैशाख २८, आइतवार , ११:३१:४० बजे

Sajhamanch
'

सगरमाथा संवाद तोकिएको समयमै हुने सरकारको भनाइ

आइतवार, वैशाख २८, २०८२

काठमाडौं । छिमेकी देश भारत र पाकिस्तानबीच बढ्दो तनावले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद प्रभावित हुनसक्ने आँकलन गरिएको छ । सगरमाथा संवाद आउँदो शुक्रवारदेखि काठमाडौंमा शुरू हुँदैछ ।

सरकारले सगरमाथा संवाद तोकिएको समयमै हुने जनाएको छ । विगतमा कोरोना महामारीका कारणले रोकिएको थियो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव एवम् सगरमाथा संवादको सचिवस्तरीय कमिटीका सदस्य–सचिव महेश्वर ढकालले यसपटक तोकिएकै समयमा कार्यक्रम हुने दाबी गरे। उनले सगरमाथा संवादलाई भारत र पाकिस्तानको तनावले कुनै प्रभाव नपार्ने बताएका छन् ।

सदस्यसचिव ढकालले सगरमाथा संवादका लागि सहभागिता सुनिश्चित गरेका कुनै पनि विदेशी प्रतिनिधिले सुरक्षा जोखिमबारे अहिलेसम्म चासो नदेखाएको पनि स्पष्ट पारे। साथै प्रतिनिधिहरुले आफ्नो भ्रमण स्थगित गर्ने कार्यक्रमबारे पनि जानकारी नगराएको उनको भनाइ छ ।

सगरमाथा संवाद आउँदो जेठ २ देखि ४ गतेसम्म हुँदैछ । संवादमा जलवायु परिवर्तनले पारेको विश्वव्यापी र क्षेत्रीय असरको बारेमा छलफल केन्द्रित हुनेछ ।