२०८२ वैशाख २५, बिहिवार , ०५:३७:२३ बजे

Sajhamanch
'

भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिनेछौं : एस जयशंकर

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । भारतका विदेशमन्त्री एस। जयशंकरले भारतविरुद्ध कुनै पनि प्रकारको सैन्य कारबाही भए त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् । भारत भ्रमणमा रहेका इरानी विदेशमन्त्री अब्बास अरागचीसँगको भेटका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

अरागची भारत–इरान मैत्री सन्धिको ७५औँ वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहकार्यको समीक्षा बैठकमा भाग लिन भारत आएका छन्। जयशंकरले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै २२ अप्रिलमा पहलगाममा भएको आक्रमण बारे जानकारी दिएका छन् ।

उन भने, ‘उक्त हमलाले हामीलाई सीमा पार आक्रमण गर्न बाध्य बनायो।’

भारतीय विदेशमन्त्रीका अनुसार, भारतले ७ मेमा ‘आतङ्कवादी संरचनाहरू’ लाई निशाना बनाउँदै सीमा पार हमला गरेको थियो।

उनले अगाडि थपे, ‘हामी तनाव बढाउन चाहँदैनौं, तर यदि हाम्रो विरुद्ध सैन्य कारबाही हुन्छ भने हामी त्यसको कडा र दृढ जवाफ दिनेछौं भन्नेमा कुनै शंका छैन।’

जयशंकरले अरागचीलाई भने, ‘छिमेकी र नजिकको साझेदारको हैसियतले पछिल्लो घटनाक्रम बारे तपाई पूर्णरूपमा जानकार रहनु महत्त्वपूर्ण छ।’