२०८२ वैशाख २५, बिहिवार , ०४:३२:२४ बजे

Sajhamanch
'

रुसले घोषणा गरेको युक्रेनसँगको ३ दिने युद्धविराम आजदेखि लागू

बिहिवार, वैशाख २५, २०८२

झााप । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्धविरामका लागि दिएको आदेश आजदेखि लागू भएको छ ।

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर आजदेखि तीन दिने युद्धविराम लागू भएको र यसले शान्तिका लागि युक्रेनको तत्परताको परीक्षण गर्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र सर्बियाका अलेक्जेन्डर भुसिकसहितका विश्वका नेताहरू दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मनाइने कार्यक्रममा सहभागिता जनाउन रुसको राजधानी मस्कोमा छन् । यही क्रममा रुसले युद्धविराम गरेको हो ।

युक्रेनले यो युद्धविराम प्रस्तावमा सहमति जनाएको छैन । युक्रेनले यसलाई नाटकको संज्ञा दिँदै यो युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ र यसको सट्टा ३० दिनको युद्धविरामको आह्वान गरेको छ ।

युक्रेनको सेनाले आज बिहानै पूर्वी सुमी क्षेत्रमा रुसी सेनाले हवाई आक्रमण गरेको बताए पनि रातभर अपेक्षाकृत शान्त देखिएको छ । युक्रेनले कुनै पनि क्षति वा हताहतीको जानकारी दिएको छैन ।

सम्बन्धित खबर