
झापा । अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मुख्य पुस्तकालयको एक भाग कब्जा गर्ने प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनकारीहरू जबरजस्ती बटलर पुस्तकालयमा प्रवेश गरेका कोलम्बिया विश्वविद्यालयका अध्यक्ष क्लेयर शिपम्यानले जानकारी दिनुभएको बीबीसीले जनाएको छ ।
प्रदर्शनकारीको हुलदङ्गाका कारण विश्वविद्यालयका दुई जना सुरक्षा अधिकारी घाइते भएका छन् । प्रहरीले घटना संलग्न भएका ७० जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
यसैबीच अध्यक्ष शिपम्यानका अनुसार धेरैजसो प्रदर्शनकारीहरू विश्वविद्यालयका विद्यार्थी नभई बाहिरबाट आएका थिए ।