२०८२ वैशाख २५, बिहिवार , ०८:००:४१ बजे

Sajhamanch
'

एकै दिन भारत र पाकिस्तानमा ५५० हवाइ उडान रद्द

बुधवार, वैशाख २४, २०८२

काठमाडौं । हवाइ हमलापछि भारत र पाकिस्तानमा करिब ५५० उडान रद्द भएको छ ।

रियल-टाइम फ्लाइड ट्र्याकिङ सेवा फ्लाइटरडार २४ का तथ्याङ अनुसार हवाइ हमलापछि पाकिस्तानमा १६ प्रतिशत तथा भारतमा ३ प्रतिशत तालिकामा चल्‍ने व्‍यावसायिक उडान रद्द गरिएको हो ।

फ्लाइटरडार २४ का अनुसार पाकिस्तानमा १३५ उडान रद्द गरिएको छ भने भारतका ४१७ निर्धारित उडान रद्द गरिएका छन् ।

बुधबार सबै आन्तरिक तथा अर्न्तराष्ट्रिय उडान रद्द भएपछि कराँचीको जिन्ना अन्तराष्ट्रिय एयरपोर्टमा यात्रुहरू भने पर्खिरहेको अवस्थामा भेटिएका छन् ।

सम्बन्धित खबर