
काठमाडौं । सेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । ६२ दशमलव २५ अंक बढेर बजार २६७३ दशमलव ६९ बिन्दु पुगेको हो ।
मंगलबारको तुलनामा बुधबार बजार २ दशमलव ३८ प्रतिशतले उकालो लागेको हो । आज ३०८ धितोपत्रको ९९ हजार ३०५ वटा कारोबारबाट २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३५२ रुपैयाँ पुगेको छ । आज सबै उपसमूहको मूल्य बढेको छ । वित्त र जलविद्युत् लगानीकर्ताले आज बढी कमाएका छन् ।
बुधबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ ।
यसबाहेक बुटवल पावर कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रोसहित धितोपत्रका लगानीकर्ताले समेत आज धेरै कमाएका छन् ।
बढ्दो बजारमा पनि बुधबार न्यादी हाइड्रो, लक्ष्मी भ्यालु फन्ड, मुक्तिनाथ डिबेन्चर जस्ता धितोपत्रको मूल्य सबैभन्दा धेरै घटेको छ । आज सानिमा माई हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।