२०८२ वैशाख २१, आइतवार , ०१:१९:२८ बजे

Sajhamanch
'

पहलगाम घटनापछि भारत र पाकिस्तानको एकपछि अर्को कदम

आइतवार, वैशाख २१, २०८२

झापा । जम्मूकश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानले एक पछि अर्को कदम बढाउँदै गएका छन् । भारतले हिजो आयातमा प्रतिबन्द लगाएपछि पाकिस्तानले भारतीय जहाजहरूको लागि बन्दरगाहहरू बन्द गरेको छ ।

पाकिस्तानी मिडिया रिपोर्टका अनुसार गएराति अबेर पाकिस्तानको शीर्ष नेतृत्वले कुनै पनि भारतीय ध्वजावाहकलाई पाकिस्तानी बन्दरगाहमा जान अनुमति नदिने आदेश दिएको थियो ।

त्यसैअनुसार पाकिस्तानले भारतीय झण्डावाहक जहाजलाई आफ्नो बन्दरगाह प्रयोग गर्न प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादी र उनीहरूका समर्थकहरू विरुद्ध ‘दृढ र निर्णायक’ कारबाही गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानलाई विश्वव्यापी स्तरमा एक्लो पार्न प्रयास गरिरहेको छ ।

भारतको कारबाहीलाई पाकिस्तानले पनि जवाफ फर्काउँदै आएको छ । जम्मु–कश्मीरको पहलगाममा गएको अप्रिल २२ तारिखमा २६ जनाको ज्यान जानेगरी आतङ्ककारी आक्रमण भएको थियो । लगत्तै भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ ।

सम्बन्धित खबर