२०८२ वैशाख १९, शुक्रवार , ०८:५७:३९ बजे

Sajhamanch
'

दिल्लीमा भारी वर्षा : घर भत्किँदा चार जनाको ज्यान गयो

शुक्रवार, वैशाख १९, २०८२

झापा । भारतको राजधानी शहर दिल्लीमा भारी वर्षा भएको छ । आँधीबेहरी र वर्षाका कारण घर भत्किँदा दिल्लीको नजफगढमा चार जनाको ज्यान गएको छ । तीन बालबालिका र एक महिलाको ज्यान गएको उद्धारकर्तालाई उद्दृत गरी बीबीसी हिन्दीले जनाएको छ ।

बिहानको वर्षाले दिल्ली विमानस्थल पनि केहीबेर प्रभावित भयो । एक सयभन्दा भन्दा धेरै उडान ढिलाइ भएका र केहीलाई डाइभर्ट समेत गरिएको थियो । अहिले दिल्ली विमानस्थल नियमित सञ्चालनमा रहेको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर