२०८२ वैशाख १८, बिहिवार , ०८:४८:५६ बजे

Sajhamanch
'

अनुकूल वातावरण छ, ढुक्कले लगानी गर्नुस् : प्रधानमन्त्री ओली

बिहिवार, वैशाख १८, २०८२

बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका निम्ति उपयुुक्त वातावरण रहेको भन्दै लगानी गर्न सबैलाई अनुरोध गरेका छन् ।

‘शान्ति सुरक्षाको स्थिति ठिक छ । लगानी गर्नुस्’ कोशी लगानी सम्मेलनको उद्घाटनपछि उनले बिहीबार विराटनगरमा भने, ‘अनुकूल वातावरण छ । ढुक्कले लगानी गर्न सक्नुहुन्छ । डराउनु पर्दैन ।’

ओलीले उद्योगी व्यवसायीको आग्रहमा उद्योगी व्यवसायी अनुकूल ऐेन संशोधन गरिएको बताउँदै लगानीमैत्री वातावरण रहेकाले लगानी गर्न कुनै समस्या नभएको बताए । भारत, बंगलादेश लगायतका देश नजिकै रहेकाले वैदेशिक व्यापारको सम्भावना पनि प्रचुर रहेको उनको भनाई थियो । ‘विदेशी र स्वदेशी लगानीका लागि कुनै समस्या हुन दिँदैनौं’ प्रधानमन्त्री ओलीले प्रतिवद्धता दोहोर्याए ।

उद्यमशीलताको स्थापना बढाएर मुलुकमै रोजगारी सिर्जना गर्नुपर्ने प्रधानन्त्रीको भनाई थियो । ‘जागिरमा नभौंतारिनुस्, उद्यमशीलताको विकासमा लाग्नुस्’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि सरकारले साथ दिन्छ । तपाईहरु प्रयास गर्नुस् ।’

उद्यमशीलतामा महिलालाई विशेष प्राथमिकता रहेको र ब्याज अनुदानसहित नडुब्ने उद्यमशीलतामा सरकारको जोड रहेको प्रधानमन्त्री ओलीले बताए ।

सम्बन्धित खबर