
झापा । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी हिन्दीले जनाएको छ । कुनै अप्रिय घटना नहुँन स्थानिय सुरक्षा निकायले सतर्कता बढाएको छ ।
संयुक्त प्रहरी आयुक्त शरद सिंहले अहमदाबाद महानगरपालिकाले सियासत नगर, बङ्गाल वास क्षेत्रमा सर्वेक्षण गरेकामा केही घरहरू तालमा माटो हालेर बनाइएको पाइएको बताएको समाचारमा उल्लेख छ ।
यसका लागि जम्मा ६ वटा डोजर र झन्डै २ हजार प्रहरी तैनाथ गरिएको छ । त्यहाँ मुख्यतया बङ्गलादेशी नागरिकहरू बसोबास गर्दै आएका छन् । चण्डोला ताल वरपर मुस्लिम समुदायको बसोबास छ ।
सरकारी कागजातअनुसार, त्यस क्षेत्रमा धेरैजसो बङ्गलादेशीहरू बस्ने गरेका छन् । मानिसहरूले आफ्नो घर खाली गर्न थालेका समाचारहरु आएका छन ।
घर भत्काउने कारबाहीलाई रोक्नका लागि केही स्थानीयवासीहरूले गुजरात उच्च अदालतमा निवेदन दायर गरेका थिए । तर अदालतले निवेदन खारेज गरेको छ ।
सरकारले विगत चार दिनमा झन्डै एक हजार ७०० जनालाई नियन्त्रणमा लिएकोमा केही मानिसलाई छाडेको छ । सरकारले त्यहाँ बनेका घरहरू अवैध भनेको छ ।
जम्मू–कश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणपछि गुजरातमा यो कारबाही शुरू गरिएको हो ।