
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ७ हजार मिटरमाथिका कम्तीमा एउटा हिमाल आरोहण गर्नैपर्ने व्यवस्था गर्न लागिएको छ ।
सरकारले राष्ट्रियसभामा दर्ता गराएको पर्यटन ऐन २०८१ मा यस्तो व्यवस्था गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्न ७ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण अनिवार्यले आरोहणलाई व्यवस्थित गर्न सहयोग पुग्नेछ ।
पर्यटन ऐन २०८१ को पर्वतारोहणसम्बन्धी व्यवस्थामा ७ हजार मिटरभन्दा अग्ला कुनै एउटा हिमाल आरोहण गरेको अभिलेख पेश गरेपछि मात्रै सगरमाथा आरोहणको अनुमति जारी गर्न सकिने उल्लेख छ ।
सगरमाथा आरोहणको चाप घटाउन, अरू हिमालयमा गतिविधि बढाउन र धेरै आरोहीलाई हिमाली गतिविधिमा संग्लग्न गराउन यस्तो व्यवस्था प्रस्ताव गरिएको विभागको भनाइ छ ।
नेपालमा ७ हजार मिटरमाथिका झन्डै ८० वटा हिमाल छन् । यीमध्ये ८ वटा ८ हजार मिटरमाथिका छन् ।