२०८२ वैशाख १४, आइतवार , ०४:१४:५२ बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भ्याटिकनमा भेटवार्ता

आइतवार, वैशाख १४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्न नचाहेको बताएका छन् ।

युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग भ्याटिकनमा भएको भेटमा राष्ट्रपति ट्रम्पले पुटिन शान्ति सम्झौतामा इच्छुक छन् वा छैनन् भन्ने प्रश्न उठाएको बताएको सीएनएनले उल्लेख गरेको छ ।

पोप फ्रान्सिसको अन्त्येष्टि समारोह शुरू हुनु केही अगाडि उनीहरुबीच छोटो भेट भएको हो । पछिल्लो यो भेट गएको फेब्रुअरीमा ह्वाइट हाउसमा भएको विवादपछिको ट्रम्प र जेलेन्स्कीबीचको पहिलो प्रत्यक्ष भेटसमेत हो ।

फेब्रुअरीमा भएको अमेरिका–युक्रेन विवादपछि केही समयका लागि हतियार आपूर्ति तथा गुप्तचर जानकारीको आदानप्रदानसमेत रोकिएको थियो ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा ट्रम्पसँगको राम्रो भेटका लागि धन्यवाद व्यक्त गरेका छन् । उनले युक्रेनी नागरिकको जीवन रक्षा, पूर्ण र बिना सर्त युद्धविराम र दीगो शान्तिको सम्भावनामा यो प्रतीकात्मक भेट रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित खबर