२०८२ वैशाख १४, आइतवार , ०३:३३:५२ बजे

Sajhamanch
'

मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो : प्रधानमन्त्री ओली

आइतवार, वैशाख १४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिएका छन् ।

आइतबार शुभकामना सन्देश दिँदै उनले आफू चार वर्षको नहुँदै आमाको न्यानो काख गुमाएको भन्दै आफ्ना लागि जन्मभूमि नै आमाको प्रतिरूप बनेको बताए ।

उनले लेखेका छन्, ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो । आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन । आमाको मुहार धमिलो सम्झनामा आइरहेछ । यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु । आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ । सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस् । शुभकामना !’

सम्बन्धित खबर