२०८२ वैशाख १४, आइतवार , ०३:३३:४९ बजे

Sajhamanch
'

जम्मू–कश्मीर घटना प्रकरण : आक्रमणको निष्पक्ष जाँचका लागि सहयोग गर्न तयार रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ

आइतवार, वैशाख १४, २०८२

झापा । जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको निष्पक्ष जाँचमा सहयोग गर्न आफू तयार रहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बताएका छन् ।

पहलगाममा भएको आक्रमणपछि भारतले निराधार आरोप लगाएको प्रधानमन्त्री शरिफले बताएको बीबीसीले जनाएको छ ।

उनले निराधार आरोपको शृङ्खला बन्द हुनुपर्ने समेत बताएका छन् । उनले सेना सीमाको रक्षाका लागि तयार रहेको र यसका लागि कुनै पनि गलत कदम हुन नहुनेमा जोड दिएका छन् ।

आफूहरु शान्ति चाहने तर यसलाई कमजोरीका रुपमा नलिनसमेत पाकिस्तानी प्रधानमन्त्रीले चेतावनी दिएको खबरमा उल्लेख छ ।

गएको मङ्गलवार जम्मू–कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो । यसपछि भारतले पाकिस्तानसँग सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी बोर्डर बन्द गर्नेलगायतका निर्णय गरेको छ ।

बदलामा पाकिस्तानले पनि केही नयाँ कदमहरु लिएको छ । हिजो पनि दुईपक्षबीच सीमा क्षेत्रमा गोली हानाहानका घटना भएका छन् ।

सम्बन्धित खबर