
झापा । भारतको जम्मू–कश्मीरमा नियन्त्रण रेखा (एलओसी) का केही क्षेत्रमा गोलाबारी भइरहेको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भारतीय सेनाले पनि सामाजिक सञ्जाल एक्समा लेख्दै चरमपन्थिहरूसँग मुठभेड भएको जानकारी गराएको हो ।
पाकिस्तानी सेनाले गोलीबारी गरेपछि आफूहरूले पनि जवाफ दिएको भारतीय पक्षको आरोप छ । तर त्यसबाट क्षति भयो कि भएन भन्ने विवरण आइनसकेको बीबीसी हिन्दीले जनाएको छ । भारतीय सेनाले पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा तैनाथी बढाएको छ ।
भारत नियन्त्रित जम्मू–कश्मीरको पहलगाममा गएको मङ्गलवार दिउँसो पर्यटकलाई लक्षित गरी आतङ्कवादी हमला हुँदा एक नेपालीसहित २६ जनाको ज्यान गएको छ । यो घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ ।