२०८२ वैशाख ११, बिहिवार , ०४:२९:२७ बजे

Sajhamanch
'

लोकतन्त्र दिवसमा एमालेको ‘युवा उत्सव’

बिहिवार, वैशाख ११, २०८२

काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा नेकपा (एमाले) ले काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’ अर्थात् ‘युवा उत्सव’ को आयोजना गरेको छ ।

अहिले चलिरहेको उत्सव निरङ्कुश राजतन्त्रको अन्त्य भई नागरिकले जितेको दिनका रूपमा मनाएको एमाले निकट युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।

उनका अनुसार स्वदेशमा रोजगारी र समृद्धिका लागि युवाहरूलाई अवसर छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।

अध्यक्ष थेबेका अनुसार कार्यक्रममा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलबाहेक बाँकी युवा वक्ता रहेका छन् । कार्यक्रम स्थलमा नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन भइरहेका छन् ।

२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरूको मार्गचित्रानुसार २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जीत भएको खुशीयालीमा लोकतन्त्र दिवस मनाइँदै आएको छ ।