२०८२ वैशाख ११, बिहिवार , ०५:०३:५३ बजे

Sajhamanch
'

युक्रेनको राजधानी किभमा रुसी आक्रमण, कम्तीमा ९ जनाको ज्यान गयो

बिहिवार, वैशाख ११, २०८२

झापा । रुसले युक्रेनको राजधानी किभमा गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा नौ जनाको ज्यान गएको छ । रुसी आक्रमणमा अन्य ६३ जना घाइते भएका बीबीसीले जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ताप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको दृष्टिकोणको आलोचना गरेका थिए।

जेलेन्स्कीले युक्रेनले क्रिमियामा रुसको कब्जा स्वीकार नगर्ने कुरामा जोड दिएपछि ट्रम्पले ती टिप्पणीहरू शान्ति वार्ताका लागि धेरै हानिकारक रहेको बताएका थिए ।

ट्रम्पले जेलेन्स्कीले सम्पूर्ण देश गुमाउनुअघि अर्को तीन वर्ष लड्न सक्ने र जेलेन्स्कीले दिएको बयानले युद्धलाई लम्ब्याउने बाहेक केही नगर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

यसैबीच युक्रेनले पछिल्ला आक्रमणहरूले शान्तिको बाधक रुस हो भन्ने देखाएको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यले शान्ति प्रयासको सम्मान नगर्ने र केवल युद्ध जारी राख्न चाहेको देखिने युक्रेनी विदेशमन्त्री एन्द्री सिबिहाले सामाजिक सञ्जाल ‘एक्स’ मा बताएका छन् । युक्रेनले पूर्ण र विना शर्त युद्धविराममा जोड दिइरहेको उनको भनाइ छ ।

सम्बन्धित खबर