२०८२ वैशाख ११, बिहिवार , १०:२२:५४ बजे

Sajhamanch
'

संरक्षणको पर्खाइमा मोरङको ‘कोलुङ झरना’

बिहिवार, वैशाख ११, २०८२

पथरी । तराईमा पनि झरनारु धेरैलाई अचम्म लाग्नसक्छ तर, मोरङको सामलिङमा मनै लोभ्याउने झरना छ। यो ‘कोलुङ्ग झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुङ्ग-५ मा पर्छ।

मनमोहक भएका कारण यो झर्ना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गर्मी बढेसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्छ। यसपटक पनि गर्मी छल्न यहाँ आउने बढ्दैछन् तर यसको संरक्षणका लागि उचित पहल हुनसकेको छैन। यसकारण ‘कोलुङ झरना’ ओझेलमा परिरहेको छ।

महेन्द्र राजमार्गबाट करिब एक घण्टामा पुग्न सकिने भए पनि बाटो नभएका कारण खोलाको बगरैबगर जानुपर्दा करिब चार घण्टा लाग्ने गरेको छ। त्यसैले पनि धेरैजसोले बाटोको समस्याले चाहेर पनि यहाँ जानसक्दैनन्।

न त यसको उचित प्रचार हुनसकेको छ। तथापि थाहा पाएकाहरू यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिन आइपुग्छन्। महेन्द्र राजमार्गबाट १७ किलोमिटरको दूरीमा रहेको झरनामा पौडी खेल्न, पिकनिक खान र गर्मी छल्न किशोरकिशोरी, युवालयात आउने गरेका छन्।

यो झरना जिल्ला सदरमुकाम विराटनगरबाट ७० किलोमिटरको दूरीमा छ। महेन्द्र राजगमार्गमा पर्ने पथरीबजारबाट उत्तर जाँतेबजार हुँदै तेली खोलाको किनारै किनारको बाटोबाट यहाँ पुग्नुपर्छ।

वडाअध्यक्ष मेघनाथ तामाङ भने नेपालकै होचो स्थानको झरना भएकाले यसको प्रवर्ध नमा स्थानीय सरकार लागिपरेको दाबी गर्छन्। खोलाका कारण झरनासम्म बाटो पुर्‍याउन नसकेको र त्यसका लागि आफूहरूको बजेटले नधान्ने उनको भनाइ छ। ‘बाटो बनाउन तेली खोलाले समस्या बनाएको छ। खोला तीन–चारपटक ओहोरदोहोर नगरी झरनासम्म पुग्न सकिँदैन। यसका लागि सबैले पहल गर्नुपर्ने देखिन्छ’, वडाध्यक्ष तामाङले भने।

हुन त पूर्वपश्चिम राजमार्गको मङ्गलबारेबाट १३ किलोमिटरको दूरीमा सामालिङ्गसम्म यातायातका साधन पुग्ने गरेका छन् तर झरनासम्म पुग्न थप तीन किलोमिटर पैदल हिँड्नुपर्छ।

सम्बन्धित खबर