२०८२ वैशाख १०, बुधवार , ०४:४६:०२ बजे

Sajhamanch
'

नेपालले ३७ वर्षपछि हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । नेपालले ३७ वर्षपछि हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

नेपाली राष्ट्रिय टोलीले आउँदो जुन ५ मा हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जानकारी दिएको हो । यो खेल हङकङको घरेलु मैदानमा हुनेछ ।

यसअघि नेपाल र हङकङले सन् १९८८ मा एएफसी एशियन कपमा प्रतिस्पर्धा गरेको थिए । त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो । फिफा वरीयतामा हङकङ नेपालभन्दा अगाडि छ । वरीयतामा हङकङ १५३औं र नेपाल १७५औं स्थानमा रहेको छ ।

नेपालले पछिल्लो पटक गएको मार्च २५ मा एएफसी एशियन कप छनोटमा घरेलु टोली मलेशियासँग खेलेको थियो । त्यो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

हङकङसँगको मैत्रीपूर्ण खेलपछि नेपालले एशियन कप छनोटको तेस्रो चरणको दोस्रो खेलमा जुन १० मा लाओससँग खेल्नेछ ।

सम्बन्धित खबर