२०८२ वैशाख १०, बुधवार , ११:४४:१९ बजे

Sajhamanch
'

जम्मू–कश्मीर घटना : साउदी अरबको भ्रमण छोट्याएर भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

बुधवार, वैशाख १०, २०८२

झापा । भारत जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि साउदी अरब भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत फरकेका छन् ।

उनले भ्रमण छोट्याएर फरकेका हुन । मोदीले विमानस्थलमा नै आक्रमणको घटनाबारे जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै घटनाको विषयलाई लिएर भारतीय सुरक्षा समितिको बैठक बस्दै छ ।

जम्मू–कश्मीरको पहलगाममा आतङ्ककारीको आक्रमणबाट कम्तीमा २६ जनाको ज्यान गएको छ । जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशीमध्ये एक नेपाली र एक यूएईका नागरिक रहेका प्रारम्भिक विवरण छ । त्यस्तै आक्रमण परी केही घाइते भएका छन ।

आक्रमणको जिम्मेवारी लश्कर–ए–तैयबा नामक पाकिस्तानको आतङ्कवादी समूहको छायाँ सङ्गठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर