२०८२ वैशाख ९, मङ्गलवार , ११:३२:५७ बजे

Sajhamanch
'

हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गर्‍यो

मङ्गलवार, वैशाख ९, २०८२

झापा । अमेरिकाको हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । विश्वविद्यालयले सङ्घीय अनुदान रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय असंवैधानिक भएको दाबी गर्दै मुद्दा दायर गरेको हो ।

ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयसँग २०२३ को अक्टोबरदेखि तयार भएका यहूदी विरोधी र मुस्लिम विरोधी पूर्वाग्रहसम्बन्धी सबै गतिविधिको प्रतिवेदन बुझाउन माग गरेको बीबीसीले जनाएको छ ।

प्रशासनले हार्वर्डका विविधता र समावेशीतासम्बन्धी कार्यक्रम हटाउन, मास्क लगाएर हुने प्रदर्शन प्रतिबन्ध गर्न, योग्यता आधारित भर्ना प्रणाली ल्याउन र कर्मचारीको शक्ति घटाउन माग गरेको छ ।

ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको तत्काल केही अनुदान कटौती गर्ने र बिस्तारै थप अनुदान कटौती गर्ने सम्भावना रहेको जनाइएको छ ।

विश्वविद्यालयका कार्यवाहक अध्यक्ष एलन एम। गार्बरले सरकारको यो कदमले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता र अमेरिकाको उच्च शिक्षामा प्रत्यक्ष असर पार्ने बताएका छन् ।

सम्बन्धित खबर