२०८२ वैशाख २९, सोमवार , ११:४६:३८ बजे

Sajhamanch
'

आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । आज अप्रिल २२ तारिख, विश्व पृथ्वी दिवस । ‘हाम्रो शक्ति, हाम्रो ग्रह’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् २००९ मा राष्ट्र सङ्घको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

सन् १९७० अप्रिल २२ तारिखमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो ।

यो दिनमा मानवीय गतिविधिले निम्त्याएको वातावरणीय क्षतिको विरोधमा संयुक्त राज्य अमेरिकाका मुख्य शहरहरूमा दुई करोड मानिस निस्किएका थिए ।

पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिन्छ ।

२०औं सताब्दीयता पृथ्वीको बढ्दो तापमान ठूलो चुनौतीको रुपमा आएको छ । वर्षेनी शून्य दशमलव १८ डिग्री सेल्सियसको दरले पृथ्वीको तापक्रम बढिरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुराहरू पग्लिँदै गएका छन् ।

सूर्यबाट आउने पराबैजनी किरणलाई रोक्ने ओजोन तहको नास, डर लाग्दा आँधी तुफान र सुनामीजस्ता प्राकृतिक विपद्का घटना बढेका छन् ।

सम्बन्धित खबर