२०८२ वैशाख ३०, मङ्गलवार , ०३:१९:१२ बजे

Sajhamanch
'

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि विदेशमा

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्रै ७३ हजार ४०३ युवाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म सङ्ख्या ५ लाख ३४ हजार ४७१ ले श्रम स्वीकृति लिएका थिए ।

सबैभन्दा धेरै नेपालीको गन्तव्य यूएई रहेको छ । ९ महिनामा यूएई जाने नेपालीको सङ्ख्या १ लाख ९६ हजार ९२१ जना रहेको छ ।

दोस्रो स्थानमा साउदी अरब र तेस्रो स्थानमा कतार, त्यसपछि मलेसिया र कुवेत नेपालीको लोकप्रिय गन्तव्यमा परेका छन् ।

साइप्रस, बहराइन, जापान, कोरिया, रोमानिया, ओमानसहित देशमा धेरै नेपाली कामको खोजीमा पुगेका छन् ।

चैत महिनामा विदेशिएका ७३ हजार ४०३ मध्ये २१ हजार ६९५ युवा अदक्ष छन् । अर्धदक्ष युवा ४२ हजार ४५४ र दक्ष कामदार सङ्ख्या ८ हजार ८९९ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।