२०८२ वैशाख ७, आइतवार , ०८:२४:२० बजे

Sajhamanch
'

डिजिटल सेवा कर लगाउने देशलाई अमेरिका र इटालीको संयुक्त चेतावनी

आइतवार, वैशाख ७, २०८२

झापा । अमेरिका र इटालीले डिजिटल सेवामा विभिन्न देशले लगाएको करविरुद्ध संयुक्त चेतावनी दिएका छन् ।

केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका प्रविधि कम्पनीमाथि डिजिटल सेवा कर (डीएसटी) लगाउने देशमाथि कडा कदम उठाउने घोषणा गरेकोमा अमेरिका र इटालीले पुनः संयुक्त विज्ञप्त िनिकालेर चेतावनी दिएका बीबीसीले जनाएको छ ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँगको भेटपछि डिजिटल सेवा कर पक्षपाती प्रावधान भएको ठहरसहित संयुक्त वक्तव्य जारी गरेकी हुन ।

ट्रम्पले डीएसटी लगाउने फ्रान्स, बेलायत, क्यानडालगायत देशमाथि अनुसन्धान शुरू गर्न र प्रतिक्रियात्मक कर प्रस्ताव गर्न दुई महिनाअघि आफ्ना व्यापार प्रतिनिधिलाई आदेश दिएका थिए। गुगल, फेसबुक, एप्पल, अमेजनजस्ता ठूला अमेरिकी प्रविधि कम्पनीप्रति लक्षित सेवा कर अमेरिकाका लागि चिन्ताको विषय बनेको छ ।

नेपालले पनि प्रविधि कम्पनीलाई वार्षिक कारोबारको २ प्रतिशत डीएसटी लगाउँदै आएको छ । भारतले सन् २०१६ देखि ६ प्रतिशत डीएसटी लगाउँदै आएकोमा ट्रम्पले विरोध गरेपछि खारेज गरेको छ ।

सम्बन्धित खबर