
झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा अस्थायी युद्धविरामको घोषणा गरेका छन् । पुटिनका अनुसार इस्टरको अवसरमा रुसी सेनाले स्थानीय समयअनुसार शनिवार बेलुका ६ बजेदेखि आइतवार मध्यरातसम्म झन्डै ३० घण्टा सबै सैन्य कारबाही रोक्ने जानकारी दिएका छन् ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि त्यसैअनुसार कदम चाल्ने अपेक्षा गरेका छन् ।
यदि युक्रेनले युद्धविराम उल्लङ्घन वा कुनै प्रकारको उकास्ने कार्य गर्यो भने रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनीसमेत दिएका छन् ।
यसैबीच पुटिनले ‘इस्टर युद्धविराम’ घोषणा गरे पनि भइरहेको युक्रेनले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरुले युद्धविरामको पालना गर्ने तर रुसबाट निरन्तर आक्रमण भइरहेको बताएको बीबीसीले जनाएको छ ।