२०८२ वैशाख ६, शनिवार , ०३:४४:५४ बजे

Sajhamanch
'

२०८२ साल लागेसँगै पुँजी बजारमा उत्साह, सातामा १९.३४ अंकले वृद्धि

शुक्रवार, वैशाख ५, २०८२

काठमाडौँ । नयाँ वर्ष २०८२ लागेसँगै नेपाली पुँजीबजार मापक नेप्से परिसूचकमा उत्साह देखिएको छ । नयाँ वर्ष लागेसँगै कारोबार भएको तीन दिन नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि भएर लगानीकर्तामा उत्साह थपिएको हो ।

यो साता नेप्से परिसूचक १९ दशमलव ३४ अंकले बढेको छ । अघिल्लो साता ३२ दशमलव ६९ अंकले घटेर २७०३ दशमलव ३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १९ दशमलव ३४ अंकले बढेर २७२२ दशमलव ७३ अंकमा पुगेको हो ।

यो साता दुई वर्षमा विभाजन भएको छ । साताको पहिलो कारोबार २०८१ को अन्तिम कारोबार भएको थियो भने साताको दोस्रो कारोबार २०८२को वैशाख २ गते भएको थियो ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिनमात्रै बजार घटेर बन्द भएको थियो। साताको पहिलो कारोबार अर्थात् २०८१ को अन्तिम दिन आइतबार नेप्से ८ दशमलव ८४ अंकले घटेको थियो ।

नेप्से परिसूचक घटेर २ हजार ६६१ दशमलव ८६ बिन्दुमा पुगेको थियो । यस दिन १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर ६ अर्ब २८ करोड २९ लाख बराबरको कारोबार भएको थियो ।

मंगलवार नेप्से २७ दशमलव १४ अंक बढेर २६८९ दशमलव २२ विन्दुमा बन्द आएको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४ दशमलव ०७ अंक बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ९९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ४१ अंक बढेको थियो

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको थियो । जुन दिन कारोबारमा आएका ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार कित्ता शेयर ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधवार सेयर बजार परिसूचक नेप्से ७ दशमलव ०१ अंकले वृद्धि भई २६९६ दशमलव २३ बिन्दुमा पुगेको थियो । बुधवार नेप्से बढेपनि कारोबार भने घटेको थियो ।

मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा बुधवार १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २६ दशमलव ४९ अंक बढेर २७२२ दशमलव ७३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६ दशमलव ३९ अंक बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ८८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ०३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधवार ७ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीवार ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औसतममा ५ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको बजार यो साता १० अर्बसम्म कारोबार भएको छ । साताको पहिलो कारोबारका दिन ६ अर्बको कारोबार भएको थियो भने अन्तिम कारोबारको दिन १० अर्ब कारोबार भएको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण ८७ अर्बले बढेर ४५ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खबर