२०८२ वैशाख ५, शुक्रवार , ०३:२८:०२ बजे

Sajhamanch
'

पाकिस्तान र अफगानिस्तानमा ठूलठूला असिना पर्दा सयौं गाडी र घरका झ्यालका सिसा फुटे

बिहिवार, वैशाख ४, २०८२

झापा । पाकिस्तान र अफगानिस्तानमा अचानक परेका ठूलठूला असिनाले विनाश गरेको छ । पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानको सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा असिनाले सयौं गाडी र घरका झ्यालका सिसा फुटेका छन् ।

इस्लामाबादका बासिन्दाले जीवनमा यति ठूला असिना पहिलो पटक देखेको बताएका बीबीसीले उल्लेख गरेको छ ।

खैबर पख्तुनख्वा क्षेत्रमा पनि असिना परेको थियो । त्यहाँ धेरै ठूलो पानी पनि परेकाले लन्डी कोटल क्षेत्र डुबानमा परेको छ । धेरै गाडी पानीमा बगेका छन् ।

असिनापानीका कारण धेरै कारका सिसा फुटेका भीडीओ र तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

सम्बन्धित खबर