२०८२ वैशाख ५, शुक्रवार , ०१:४९:५५ बजे

Sajhamanch
'

घरजग्गा कारोबारमा सुधार : ९ महिनामा ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन

बिहिवार, वैशाख ४, २०८२

काठमाडौं । पछिल्ला महिनाहरुमा घरजग्गाको कारोबारमा सुधार आएको छ । कारोबारमा सुधार भएसँगै राजस्व सङ्कलन पनि बढेको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनदेखि चैतसम्म ३३ अर्ब २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

गएको वर्ष यही अवधिमा घरजग्गाको करोबारबाट ३० अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

गएको वर्षको तुुलनामा तीन अर्ब १२ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कले देखाएको छ ।

घरजग्गाको कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुुँजीगत दस्तुुर, अतिरिक्त शुल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क लगायत शीर्षकमा राजस्व सङ्कलन हुने गरेको छ । पुँजीगत लाभकरबापत उठ्ने राजस्व मात्रै सङ्घ सरकारको खातामा जाने गर्छ ।

सम्बन्धित खबर