२०८२ वैशाख २६, शुक्रवार , ०९:४८:२० बजे

Sajhamanch
'

सरकारको आश्वासनले शिक्षकको आन्दोलन रोकिएन, आज पनि सडक ढाकेर प्रदर्शन

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । सरकारको अनुरोधका बीच शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

शिक्षकहरूको प्रदर्शनका कारण काठमाडौंको माइतीघर–बबरमहल सडक अवरुद्ध भएको छ । उनीहरूले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले गाडीको आवगमन प्रभावित भएको हो ।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरूलाई काठमाडौंमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ ।

विद्यालयमा हडताल गरेर शिक्षक कर्मचारीहरूले आन्दोलन गर्दा सरकारी विद्यालयहरूमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षणलगायतका सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित भएको छ ।

सम्बन्धित खबर