२०८२ वैशाख ५, शुक्रवार , ०७:४०:११ बजे

Sajhamanch
'

पाकिस्तानबाट १३ दिनमा झन्डै ६० हजार अफगानी नागरिक स्वदेश फिर्ता

बुधवार, वैशाख ३, २०८२

झापा । पाकिस्तानले पछिल्लो १३ दिनमा झन्डै ६० हजार अफगानी नागरिकलाई आफ्नै देश फिर्ता पठाएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जानकारी दिएको छ ।

आईओएमका अनुसार सन् २०२५ को अप्रिल १ देखि १३ तारिखसम्म टोरखम र स्पिन बोल्डक नाकाबाट अफगानी नागरिक देश फर्किएका छन् ।

आईओएमले जबरजस्ती फिर्ता पठाइएका व्यक्तिको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।

सन् २०२३ सेप्टेम्बरयता पाकिस्तान र इरानबाट झन्डै २४ लाख ३० हजार अफगान नागरिक फर्किसकेका छन् जसमा धेरैजसो बाध्य भएर फर्कनुपरेको आईओएमका अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पाकिस्तान सरकारले सन् २०२५ मा झन्डै ३० लाख अफगानी नागरिकलाई फिर्ता पठाउने योजना बनाएको छ ।

सम्बन्धित खबर