२०८२ वैशाख २, मङ्गलवार , ०३:३२:५९ बजे

Sajhamanch
'

नयाँ बानेश्वरमा शिक्षकहरूको धर्ना

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलन गर्दै आएका शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना दिएका छन् ।

माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमै धर्ना दिएका हुन् । नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न प्रहरीले रोकेपछि उनीहरू सडकमा नै धर्ना दिएर बसेका हुन् ।

नेपाल शिक्षक महासङ्घले दुई हप्तादेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ । शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रसमेत प्रभावित भएको छ । आन्दोलनरत शिक्षकहरूले समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग मात्रै वार्ता गर्ने बताएका छन् ।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बसेर समस्या समाधान नभएको भन्दै अब प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने बताएका हुन ।

सम्बन्धित खबर