२०८२ वैशाख १, सोमवार , ०१:४७:१६ बजे

Sajhamanch
'

गाजाको एक अस्पतालमा इजरायलको हवाई आक्रमण

आइतवार, चैत ३१, २०८१

झापा । इजरायलले गाजाको अल–अहली बाप्तिस्ट अस्पतालमा हवाई आक्रमण गरेको छ । आक्रमणमा अस्पतालको आइसीयू कक्ष र सल्यक्रिया विभाग पूर्ण रूपमा ध्वस्त भएको प्यालेस्टिनी विद्रोही समूह हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोहरूमा अस्पतालको दुईतले भवनमा क्षेप्यास्त्र खसालिएपछि ठूलो आगो र धुवाँ उठिरहेको देखिएको छ ।

अस्पतालको शय्यामा रहेका केही बिरामीहरू समेत भाग्दै गरेको दृश्यहरू सार्वजनिक भएका छन् । अहिलेसम्म कुनै मानवीय क्षतिको नभएको गाजाको नागरिक आपतकालीन सेवाले जनाएको छ ।

सन् २०२३ को अक्टोबरमा त्यही अस्पतालमा भएको आक्रमणमा सयौँको ज्यान गएको थियो । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी एक हजार २०० भन्दा धेरेको हत्या र २५१ जनालाई बन्धक बनाएपछि इजरायलले गाजामा जवाफी कारबाही गरेको हो ।

गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार, त्यसयता गाजामा ५० हजार ९३३ जनाभन्दा बढी मानिसको ज्यान गईसकेको छ ।

फेब्रुअरी महिनामा युद्धविराम भएकोमा मार्च १८ देखि इजरायली आक्रमण पुनः शुरु भएपछि मात्रै गाजामा एक हजार ५६३ जनाको ज्यान गइसकेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर