२०८२ वैशाख १, सोमवार , १०:४३:२३ बजे

Sajhamanch
'

अमेरिकाद्वारा स्मार्टफोन र कम्प्युटरको नयाँ महसुलमा छुट

आइतवार, चैत ३१, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्मार्टफोन, कम्प्युटर केही विद्युतीय सामग्रीहरूलाई नयाँ लगाइएको उच्च आयात महसुलबाट छुट दिएको जनाएको छ ।

यो निर्णयले चीनबाट आयात हुने विद्युतीय सामग्रीहरूमा लगाइएको १२५ प्रतिशतसम्मको महसुल लागू नहुने भएको खबर बीबीसीले उल्लेख गरेको छ । अधिकांश देशहरूमाथि लगाइएको १० प्रतिशत विश्वव्यापी महसुल पनि यस्ता सामानहरूका लागि लाग्ने छैन ।

अमेरिकी सीमाशुल्क र सीमा सुरक्षा विभागले सूचना प्रकाशित गर्दै यो छुटको घोषणा गरेको हो । विज्ञहरुले यो निर्णयपछि प्रविधि उद्योगका लागि राहत पुग्ने विश्वास गरेका छन् । एप्पल, माइक्रोसफ्ट, एनभिडिया लगायतका कम्पनीहरूले यो निर्णयको स्वागत गरेका छन् ।

सम्बन्धित खबर