२०८२ वैशाख १, सोमवार , ११:०५:५५ बजे

Sajhamanch
'

आठ महिनामा बैंकहरूको नाफा : नबिलको सबैभन्दा बढी, एनआईसीको सबैभन्दा कम

आइतवार, चैत ३१, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा २० वाणिज्य बैंकले कुल ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अवधिमा ११ बैंकको नाफा बढेको छ भने नौ बैंकको नाफा घटेको छ ।

सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक अगाडि रहेको छ । यो बैंकले चार अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ । ग्लोबल आइएमई बैंकले चार अर्ब ७२ करोड र एनआइएमबी बैंकले चार अर्ब आठ करोड नाफा कमाएका छन् ।

यस्तै नेपाल बैंक लिमिटेडले दुई अर्ब ९८ करोड, प्रभु बैंक एक अर्ब चार करोड, ग्लोबल आईएमई बैंक एक अर्ब ५१ करोड र एभरेस्ट बैंकले एक अर्ब १२ करोड रुपैयाँ नाफा कमाएका छन । नाफा घट्ने बैंकहरूमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको रहेको छ, जसको ८१ करोड ९९ लाख रुपैयाँमा झरेको छ ।

सम्बन्धित खबर