
झापा । चीनले अमेरिकाबाट आयात हुने सामानहरूमा फेरि कर बढाएको छ । चीनले अमेरिकाबाट आयात हुने सामानमा कर बढाएर १२५ प्रतिशत पुर्याएको बीबीसीले जनाएको छ ।
यसअघि बुधवार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको यो कर भोलि शनिवारदेखि लागू हुनेछ । यस्तै चीनले यदि अमेरिकाले यसपछि पनि कर बढायो भने पनि आफूले बदला नलिने बताएको खबरमा उल्लेख छ ।
गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ३४ प्रतिशत कर लगाउने घोषणा गरेका थिए। यो कर अप्रिल ९ देखि लागू हुने भनिएको थियो तर त्यसको केही घण्टाअघि ट्रम्पले थप ५० प्रतिशत कर बढाउने घोषणा गरेका थिए। यसको प्रतिक्रियामा चीनले अस्ति बुधवार अमेरिकी सामानहरूमा ५० प्रतिशतले कर बढाएर ८४ प्रतिशत पुर्याएको थियो ।
यस्तै हिजो अमेरिकाले चीनमाथिको कर बढाएर १४५ प्रतिशत पुर्याउने घोषणा गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले ७० वटाभन्दा धेरै देशलाई लगाएको ‘रेसिप्रोकल’ अर्थात् पारस्परिक कर भने ९० दिनका लागि रोकेका छन् ।