२०८१ चैत ३०, शनिवार , ०९:२२:०२ बजे

Sajhamanch
'

युक्रेनलाई थप ४५ करोड पाउन्ड सैन्य सहयोग गर्ने बेलायतको घोषणा

शुक्रवार, चैत २९, २०८१

झापा । बेलायतले युक्रेनलाई थप ४५ करोड पाउन्ड सैन्य सहयोगको घोषणा गरेको छ । बेल्जियमको राजधानी ब्रसेल्समा ५० वटा देशको बैठक हुँदै गर्दा बेलायतले युक्रेनलाई थप सैन्य सहयोगको घोषणा गरेको बीबीसीले जनाएको छ ।

नयाँ ड्रोन र बख्तरबन्द गाडीहरूको मर्मतका लागि बेलायती सहायता एक व्यापक प्याकेजको हिस्सा हो यसमा नर्वेबाट थप कोष समावेश छ ।

बेलायती रक्षा सचिव जोन हेलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव दिन रक्षा अधिकारीहरू भेला हुँदै गर्दा युक्रेनलाई थप सैन्य सहयोगको घोषणा गरेको बताउनुभएको खबरमा उल्लेख छ ।

बेलायती रक्षा सचिव हिली र उहाँका जर्मन समकक्षी बोरिस पिस्टोरियसले युक्रेन रक्षा सम्पर्क समूहको आजको बैठकको सह–अध्यक्षता गर्दै छन् ।

गएको जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति नबनुन्जेलसम्म यो भेला परम्परागत रूपमा अमेरिकी रक्षा सचिवले आयोजना गर्दै आएका थिए ।

युक्रेनका लागि थप सैन्य सहायताको बारेमा छलफल गर्न उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को मुख्यालय ब्रसेल्समा ५० देशको बैठक हुन लागेको हो ।

सम्बन्धित खबर