२०८२ वैशाख ५, शुक्रवार , ०१:०९:०८ बजे

Sajhamanch
'

चीनले आफ्ना नागरिकलाई भन्यो– ‘अमेरिका जानुअघि सोच्नु’

बिहिवार, चैत २८, २०८१

झापा । चीनले आफ्ना नागरिकलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह गरेको छ । अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको ‘ट्राभल एड्भाइजरी’ मा नागरिकलाई सावधानीपूर्वक यात्रा गर्न र अमेरिका जानुअघि सम्भावित जोखिमको पूर्ण मूल्याङ्कन गर्न सुझाव दिइएको हो ।

चीन–अमेरिका आर्थिक र व्यापार सम्बन्धमा गिरावट र अमेरिकाको घरेलु सुरक्षा नीतिका कारण एड्भाइजरी जारी गरिएको मन्त्रालयले जनाएको छ । यस्तै चीनको शिक्षा मन्त्राललयले पनि आफ्ना विद्यार्थीलाई अमेरिकामा अध्ययनको निर्णय गर्नुअघि सुरक्षा जोखिम आँकलन गर्न चेतावनी दिएको छ ।

भन्सार महसूललाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ । चीनले अमेरिकी वस्तुमा ८४ प्रतिशत भन्सार शुल्क घोषणा गरेको छ । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामग्रीमा एक सय २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सबै देशका लागि भन्सार शुल्क लगाउनुभएको भए पनि चर्को आलोचनापछि आज चीनबाहेकका देशमा ९० दिनका लागि स्थगित गरेका छन् । चीनले जवाफी कर लगाएकोले फिर्ता नगरेको अमेरिकाको दाबी छ ।

यसैबीच चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्गले आफूहरू नयाँ करनीतिबाट पछि नहट्ने बताएका छन् । सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै उनले यो व्यापार युद्ध जति लामो चले पनि चीन कहिल्यै नझुक्ने बताएका हुन ।

सम्बन्धित खबर