२०८२ वैशाख ४, बिहिवार , ०१:२१:११ बजे

Sajhamanch
'

नेपाल विद्वान र ऋषिहरूको देश हो : प्रधानमन्त्री ओली

बुधवार, चैत २७, २०८१

अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञानको भूमि रहेको बताएका छन् । आज अर्घाखाँचीको पाणिनी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो देशमा गौतम बुद्ध, कपिलमुनी, वेदव्यासजस्ता विद्धानहरू जन्मिएको प्रसंग निकाल्दै नेपाल धेरै विद्वान र ऋषिहरूको देश भएको बताए ।

उनले पाणिनी ऋषिले व्याकरणमा १४ वटा सूत्र निर्माण गरेको बताउँदै पछिल्लो समय एआईले पनि ती व्याकरणको सूत्र प्रयोग गरेको बताए । उनले पाणिनी ऋषि पाकिस्तानबाट आएको नभई यही जन्मिएका दाबी गर्दै पाणिनीका बुवा यहीँका भएको जिकिर गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले परशुरामको बाल्यकालको कथासमेत सुनाएका थिए । उनले पाणिनीसँगै रुरु र श्रृगेस्वरजस्ता महत्त्वपूर्ण स्थान रहेको बताउँदै अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गरे ।

प्रधानमन्त्री ओलीले पाणिनीको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९५९ सूत्र निर्माण गरिएको र ती सूत्र आज आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भइरहेको बताए ।

पाणिनिले मात्र नभई शिव, सिंह ऋषि, पतञ्जलि, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास गर्ने जिम्मा सरकारले लिने समेत प्रधानमन्त्रीले स्पष्ट पारे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सांसद डा।चन्द्र भण्डारी लगायतले बोलका थिए । सम्मेलन बिहीबारसम्म चल्नेछ ।

सम्बन्धित खबर