
काठमाडौ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४दशमलव ४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रूपमा वृद्धि भएर ४ दशमलव ४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो।
गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत थियो। नेपालको अर्थतन्त्रमा सुधार हुँदै जाँदा आर्थिक क्षेत्रमा सुधार हुने बताइएको छ।
मुद्रास्फीति गत वर्षको तुलनामा वृद्धिदर कम हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा ५ दशमलव ४ प्रतिशतमा रहेकोमा २०२५ मा ५ दशमलव २ प्रतिशत रहेको छ।
गत आर्थिक वर्ष नेपालमा जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुँदै गएको एडीबीले जनाएको छ।
एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनले ट्म्पको ट्यारिफ घोषणाले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४ दशमलव ९ प्रतिशतमा झर्ने कार्यक्रममा बताएका थिए।
अमेरिकी नीतिगत परिवर्तनबाट प्रक्षेपणलाई कमजोर बनाएको छ भने अनिश्चय बढाएको उनले बताए।