२०८२ वैशाख ५, शुक्रवार , ०१:५७:११ बजे

Sajhamanch
'

चीनबाट आयात हुने सामानमा अमेरिकी कर १०४ प्रतिशत पुग्यो

बुधवार, चैत २७, २०८१

झापा । अमेरिकाले चीनबाट आयात हुने सामानमा कर बढाउँदा पाकिस्तानमा एउटा आईफोनको मूल्य १० लाख पाकिस्तानी रुपैयाँसम्म पुग्ने भएको छ ।

आईफोनलगायतका धेरैजसो अमेरिकी ब्राण्डका उत्पादनहरू चीनमा निर्माण हुने भएकाले चीनमाथि लागेको करले ती सामानको मूल्यमा प्रत्यक्ष असर पार्ने देखिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट आयात हुने सामानमा उच्च भन्सार शुल्क लगाउने नीति अघि सारेपछि वस्तु मूल्यमा असर पर्न थालेको हो । यसैबीच अमेरिकाले चीनबाट आयात हुने सामानमा जम्मा १०४ प्रतिशत आयात शुल्क लगाएको बीबीसीले जनाएको छ ।

यसअघि ट्रम्पले चीनमाथि २० प्रतिशत कर लगाइसक्नु भएको थियो भने अहिले थप ५० प्रतिशत अतिरिक्त कर लगाइएको छ ।

ह्वाइट हाउसले एक आधिकारिक कागजातमार्फत चीनको अमेरिका विरुद्धको कदमको जवाफमा यस्तो निर्णय गरिएको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले सोमवारमात्रै चीनले अमेरिकी सामानमा लगाएको आयात शुल्क फिर्ता लिए थप ५० प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।

यो व्यापार युद्धको असर भारत, पाकिस्तानलगायतका दक्षिण एशियाली देशहरूमा पनि पर्ने अनुमान गरिएको छ । यस्ता देशहरुमा विदेशी प्रविधि उत्पादनहरूको मूल्यमा धेरै बढ्न सक्ने बीबीसीको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर