२०८२ वैशाख ३, बुधवार , ०२:३६:३६ बजे

Sajhamanch
'

कोशी पर्यटन वर्ष भोलिदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

मङ्गलवार, चैत २६, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले मनाउन लागेको पर्यटन वर्ष २०८२ को उद्घाटन भोलि बुधबार हुँदैछ ।

कोशी प्रदेशको विकास र पर्यटन प्रवर्द्धनका लागि एक वर्षसम्म मनाइने पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । कोशी प्रदेशको पर्यटकीय क्षेत्र तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ हुनेछ ।

मूल आयोजक समितिका अध्यक्ष तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागिएको बताए । प्रदेशमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना रहेकाले प्रदेशलाई समृद्धिमा लैजान सकिने बताए ।

पर्यटन वर्षमा कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई असजिलो हुन नदिनका लागि नाकाहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तयारीमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी गरेको छ ।

स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बीच बाटोमा चेकजाँच नगर्ने तयारी छ ।

सम्बन्धित खबर