२०८१ चैत २५, सोमवार , ०१:२३:२९ बजे

Sajhamanch
'

बिर्तामोडको शनिश्चरे रोडमा कालोपत्रेको तयारी

सोमवार, चैत २५, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकास्थित शनिश्चरे रोडमा कालोपत्रेको लागि अन्तिम तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ । प्रविन निर्माण सेवा दमकले कालोपत्रेका लागि अन्य तयारीको काम भइरहेको जनाएको छ ।

प्रविन निर्माण सेवा दमकका प्रतिनिधि राजकुमार अधिकारीले टाटाको शोरुमदेखि पुल्चोकसम्म पहिलो चरणमा कालोपत्रे गरिने जानकारी दिए । उनका अनुसार बैशाख मसान्तसम्म कालोपत्रेको काम सम्पन्न हुनेछ ।

बैशाख २० गतेभित्र कालोपत्रे सक्ने योजना छ, उनले भने – कुनै प्राविधिक समस्याहरु आउन सक्छ । त्यसैले मसान्तसम्म भनेको हो । बैशाखको पहिलो हप्ताबाटै कालोपत्रे सुरु गरिनेछ । बेसको काम पर्सीसम्म सकिनेछ ।

प्रविन निर्माण सेवाले कालोपत्रे, आरसीसी ड्रेन, हेमपाइप, प्लम निर्माणको काम गरिरहेको प्रतिनिधि अधिकारीले जानकारी दिए । कम्पनीले टाटाको शोरुमदेखि पुलचोक, कप्तानबाडीदेखि पुष्पलालचोक जाने बाटो, सालबारी झिल–खरवन्दी चोक हुँदै बुद्धचोक–कालिस्थानसम्म कालोपत्रेको काम गर्ने ठेक्का पाएको छ ।

आरसीसी डे«नसहित १९ मिटरको कालोपत्रे हुने प्रतिनिधि अधिकारी बताउछन् । सडक डिभिजन कार्यालय दमकले १५ करोड ८० लाख रुपैयाँमा ठेक्का लगाएको सडक क्षेत्रको काम असार मसान्तभित्र सम्पन्न गरिसक्ने योजना रहेको प्रतिनिधिको भनाई छ ।

पुरानो ठेकेदारले काम नगरेपछि उक्त कामको जिम्मा प्रविन निर्माण सेवा दमकले लिएको थियो ।

सम्बन्धित खबर