२०८१ चैत २४, आइतवार , ०१:१८:४८ बजे

Sajhamanch
'

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो प्रदर्शन

आइतवार, चैत २४, २०८१

झापा । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पविरुद्ध अमेरिकी नागरिकले विरोध गरेको यो पहिलो पटक हो । अमेरिकाका सबै ५० राज्यका झन्डै एक हजार २०० ठाउँमा विरोध प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ ।

ट्रम्पविरुद्ध बोस्टन, शिकागो, लस एन्जलस, न्युयोर्क र वाशिङ्गटन डीसी लगायतका शहरहरूमा हजारौं मानिस भेला भएका छन् । यी विरोध प्रदर्शनहरूलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ । यसको अर्थ ट्रम्पले नागरिकको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो ।

प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलालगायत धेरै मुद्दाहरूमा राष्ट्रपति ट्रम्पको एजेन्डाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले विश्वका धेरै देशमा कर लगाउने घोषणा गरेपछि अमेरिकाबाहिर पनि धेरै सभाहरू आयोजना गरिएको थियो । यसमा लन्डन, पेरिस र बर्लिनजस्ता शहरहरू समावेश छन् ।

अमेरिकाको बोस्टनमा केही प्रदर्शनकारीहरूले अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरूमाथि अध्यागमनसम्बन्धी छापा मारेका कारण विरोध गरिरहेको बताएका छन् । केही समयअघि अमेरिकी विश्वविद्यालयका केही विदेशी विद्यार्थीहरूलाई पक्राउ गरी उनीहरूलाई देश निकाला गरिएको थियो ।

डेमोक्रेटिक सांसहरूको भाषण सुन्न वाशिङ्गटन डीसीमा हजारौं प्रदर्शनकारीहरू भेला भएका थिए । यी भाषणहरूमा ट्रम्प प्रशासनसँग सम्बन्ध धनी व्यक्तिहरूमाथि टिप्पणी गरिएको बीबीसीको खबरमा उल्लेख छ ।

उनीहरूले राष्ट्रपति ट्रम्पको सल्लाहकारका रूपमा कार्यरत र सरकारी खर्च र जनशक्ति घटाउने प्रयासमा पनि अगुवाइ गर्दै आएका एलन मस्कमाथि पनि टिप्पणी गरेका थिए ।

सम्बन्धित खबर