२०८१ चैत २४, आइतवार , ११:२८:५५ बजे

Sajhamanch
'

पाथीभरा मन्दिरमा एकैदिन सात हजारभन्दा बढीले गरे दर्शन

आइतवार, चैत २४, २०८१

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एकै दिन सात हजारभन्दा बढी दर्शनार्थी पुगेका छन्।

दशैँ, तिहारपछि शनिबार एकै दिन यति ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति पहिलोपटक देखिएको हो। पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार सात हजार १४६ जना दर्शनार्थी पाथीभरा पुगेका छन्।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार दशैँ, तिहारपछि पहिलोपटक सात हजारभन्दा बढी भक्तजन यहाँ पुगेको यो पहिलोपटक हो।

तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरामा चिसो मौसममा वर्षेनि भक्तजनको आगमन घट्ने गरेको निर्देशक हाङबाङले बताए।

यो वर्ष चिसोसँगै केबलकार निर्माणका क्रममा देखिएको विवाद, बन्दलगायत कारणले अघिल्लो वर्षको तुलनामा भक्तजनको आगमन केही घटेको उनको भनाइ छ।

हाल पाथीभरा आउनजान केबलकार निर्माणको विषयले कुनै असर नगर्ने बताउँदै उक्त विषयलाई लिएर अन्योलमा नपर्न हाङबाङले भक्तजन तथा पर्यटकलाई आग्रह गरे।

यसैबीच पाथीभरा क्षेत्रमा सिजनमा भक्तजनको घुइँचो बढी हुने भएकाले कुनै समस्या भएमा मन्दिर क्षेत्र विकास समिति वा पाथीभरा क्षेत्रमा रहेका सुरक्षानिकायसँग सम्पर्क र समन्वय गर्न समितिले सबैलाई अनुरोध गरेको छ।

सम्बन्धित खबर