२०८१ चैत २०, बुधवार , ११:५४:४४ बजे

Sajhamanch
'

अमेरिकी कर प्रभावित व्यवसायलाई सहयोग गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

मङ्गलवार, चैत १९, २०८१

झापा । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि झन्डै एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन् ।

साथै उनले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

जापान अमेरिकाको सबैभन्दा नजिकको आर्थिक र रणनीतिक मित्रराष्ट्र हो । जापानी कम्पनीहरू अमेरिकामा सबैभन्दा ठूला लगानीकर्ता हुन् र झन्डै १० प्रतिशत जापानी रोजगारहरू अटो क्षेत्रसँग जोडिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आज कुन देशमा कुन–कुन कर लगाइने घोषणा गर्ने बताएका छन् र सबै व्यापारिक साझेदारहरू यसको निशानामा रहेको चेतावनी दिएका छन् ।

ट्रम्पले अप्रिल ३ मा अमेरिकामा निर्माण नभएका सबै अटोमा २५ प्रतिशत कर लगाउने पनि बताएका छन् । जापानी प्रधानमन्त्री इशिबाले अमेरिकी आयातमा प्रतिशोधात्मक भन्सार शुल्क लगाउने बारेमा नबोलेको तर उनले आफ्नो सत्तारूढ गठबन्धनसँग ‘प्रतिक्रियात्मक उपायहरूको विवरण’ मा छलफल गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

अहिलेका लागि एक हजार परामर्श डेस्क खोल्नुका साथै उनले अमेरिकी भन्सार शुल्कहरू सक्रिय भएपछि साना र मध्यम आकारका व्यवसायहरूलाई कोष प्राप्त गर्न मद्दत गर्न सक्दो प्रयास गर्ने पनि बताए।

सम्बन्धित खबर