२०८१ चैत २०, बुधवार , ०९:५१:०७ बजे

Sajhamanch
'

ताइवानमा शक्तिशाली आक्रमण गर्ने चीनको तयारी

मङ्गलवार, चैत १९, २०८१

झापा । चीनले ताइवानमाथि शक्तिशाली आक्रमणको तयारी गरेको छ । यसका लागि अहिलेसम्मकै ठूलो र सशक्त सैन्य अभ्यास शुरू गरिएको चिनियाँ सुरक्षा अधिकारीले बताएका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

चीनले आफ्नो स्थल सेना, जल सेना, वायु सेना तथा रकेट बल सहभागी गराएर कैयौं दिशाबाट ताइवानमाथि आक्रमण गर्ने गरी संयुक्त अभ्यास शुरू गरिसकेको छ ।

चीनले एकै पटक जल, जमिन र आकाशबाट ताइवानमा नजिकबाट आक्रमण गर्ने र आफ्नो क्षमता परीक्षण गर्ने अभ्यास गर्न लागेको खबरमा उल्लेख छ ।

चिनियाँ पिपुल्स लिबरेशन आर्मीले आफ्नो एक वक्तव्यमा यो अभ्यास स्वतन्त्र ताइवानको पृथकतावादी शक्तिविरुद्ध कडा चेतावनी र सशक्त प्रतिकार भएको बताएको छ । साथै आफ्नो सैन्य अभ्यासलाई चीनको सम्प्रभुता र राष्ट्रिय एकताको रक्षाका लागि वैधानिक कारबाहीको संज्ञा दिएको छ ।

चीनले ताइवानलाई आफ्नो अङ्ग मान्ने गरे पनि ताइवानले भने आफू स्वतन्त्र देश भएको दाबी गर्ने गरेको छ । यसका कारण चीनले केही वर्षयता ताइवानमाथि दबाव बढाउन सामुद्रिक क्षेत्रमा सशक्त सैन्य अभ्यास गर्ने गरेको छ ।

सम्बन्धित खबर